आदर्श माविका सबै (२३ वटा) कक्षाकोठामा खानेपानीको धरसहित बेसिन जडान गरिएको छ l स्थानीय यक बैंकका अधिकारी विधालय पुगेका बेला बैंकले सहयोग गरे तपाईको योजना के हुनेछ , भन्ने प्रश्नमा प्रा अ खड्काले तुरुन्त जवाफ दिए ” प्रतेक कक्षाकोठामा पिउनेपानीको लाइन जोड्छु l” नभन्दै त्यसका लागि बैंकले आर्थिक सहयोग गरिहाल्यो l त्यसपछि खानेपानी कार्यालयमा पुगेर बालबालिकाका लागि निशुल्क खानेपानी उपलब्ध गरिदिने उनले अनुरोध गरे l यसरि, संभव भएको हो हरेक कक्षाकोठामा खानेपानी l यसका साथै हरेक कोठामा सानो ऐना पनि राखिएको छ l